नेपालमा लामो समयदेखि कायम रहेको एकात्मक राज्य व्यवस्थालाई विस्थापित गर्दै नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको अवलम्बनसँगै तीन तहको (संघ, प्रदेश र स्थानीय) सरकारको व्यवस्था गरेको छ। नेपालको संविधानले तीनै तहका सरकारको अधिकार सहितको कार्यविभाजन अनुसूचीमा व्यवस्था गरेको छ।
लुम्बिनी प्रदेश सरकारको कार्यविस्तृतीकरण अनुसार यस मन्त्रालयले आवास, भवन तथा सहरी विकास, ऊर्जा, सिँचाइ एवं खानेपानी तथा सरसफाइ सम्बन्धी आयोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा पूर्वाधार निर्माण र व्यवस्थापकीय कार्य सम्पादन गर्दछ।
प्रदेशस्तरका सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धी नीति, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन
प्रदेशभित्रको सहरी विकास योजना तर्जुमा, सहरी पूर्वाधार निर्माण, सञ्चालन, मर्मत सम्भार र आवास तथा भवन सम्बन्धी योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन
प्रदेशस्तरमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन तथा प्रदेशभित्र उपयुक्त भवन निर्माण प्रविधिको प्रवर्धन
प्रादेशिक सहरको विकास, योजना तर्जुमा, कार्यान्वयन, संयोजन र पूर्वाधार निर्माण
सुरक्षित बसोवास र जग्गा एकीकरण सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन
बस्ती स्थानान्तरण सम्बन्धी नीति, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन
लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन
प्रदेशस्तरको ऊर्जा, विद्युत, सिँचाइ, जल उत्पन्न प्रकोप (नदी तथा पहिरो) व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान, नीति, मापदण्ड, गुरुयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन, सञ्चालन, मर्मत सम्भार, समन्वय र नियमन
प्रदेशस्तरमा ऊर्जा, विद्युत तथा सिँचाइ सम्बन्धी सेवाको गुणस्तर र सेवा शुल्कको आधार निर्धारण र नियमन
ऊर्जा, विद्युत, सिँचाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता र लगानी प्रवर्धन सम्बन्धी नीति तथा मापदण्ड निर्धारण र नियमन
राष्ट्रिय जलस्रोत नीति र सङ्घीय योजना बमोजिम प्रदेश सीमा नदीका जल उपयोग सम्बन्धी आयोजनाको पहिचान, निर्माण, सञ्चालन, सम्भार र व्यवस्थापन
राष्ट्रिय जलस्रोत नीति र सङ्घीय योजना बमोजिम प्रदेश सीमा नदीका जल उपयोग सम्बन्धी आयोजनाको पहिचान, निर्माण, सञ्चालन, सम्भार र व्यवस्थापन
प्रदेशभित्रको जलस्रोत उपयोग हुने आयोजनाहरूको अध्ययन, सर्वेक्षण, तयारी, कार्यान्वयन, अनुगमन र सञ्चालनमा समन्वय
प्रदेशस्तरमा जलउपयोग नीतिको तर्जुमा तथा कार्यान्वयन, प्रविधि विकास र व्यवस्थापन
मौसम र जलमापन सञ्चार सञ्जाल व्यवस्थापन
जलगुण तथा वायूगुण सम्बन्धी प्रयोगशाला व्यवस्थापन
प्रदेशभित्रको नदी संरक्षण सम्बन्धी योजना तथा गुरुयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन
प्रदेशमा निर्माण सामग्रीको उपलब्धता, व्यवस्थापन र गुणस्तर सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा, निर्माण, कार्यान्वयन र नियमन
प्रदेशस्तरको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रादेशिक नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क निर्धारण, योजना, आयोजना कार्यान्वयन तथा सञ्चालन, सम्भार र नियमन
खानेपानी तथा सरसफाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्धन सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
सर्वसाधारणलाइ स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाइ तथा स्वच्छतामा पिछडिएका वर्गको पहुँच सुनिश्चितता
प्रदेश इन्जनियरिङ्ग सेवा अन्तर्गत एगृ इरिगेशन समूह, मेकानिकल समूह/नि.उ.स. उपसमूह, जियोलोजी समूह, सिभिल समूह सञ्चालन (हाइवे र जनरल उपसमूह बाहेक)